
काठमाडौं । दोस्रो जनआन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालाको आज ९औं स्मृति दिवस । लामो समयसम्म पार्टी सभापति रहेर ५ पटकसम्म विभिन्न राजनीतिक कालखण्डमा प्रधानमन्त्री भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला १९८० मा जन्म भई २०६६ सालमा निधन भएको हो । गिरिजाप्रसाद कोइराला पहिलो पटक २०४८ साल, दोस्रो पटक २०५५, तेस्रो पटक २०५५, चौथो पटक २०५६ र पाँचौ पटक २०६३ प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।
नेपालको राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निभाएका कोइरालाले २०४६ सालको पहिलो जनआन्दोलनदेखि २०६२÷०६३ सालको दोस्रो ठुलो जनआन्दोलनमा प्रमुख भूमिका रहेको थियो । बाह्रवर्षे जनयुद्ध र बाह्रबुँदे शान्ति, सम्झौताका महानायक गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा दोस्रो जनआन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना भएको थियो । नयाँ संविधान लगायत राजनीतिक परिवर्तनमा काँग्रेसको तर्फबाट उल्लेखनीय भूमिका खेलेका कोइरालालाई आफ्नै पार्टीले समेत बिर्सेको होकी भन्ने भान परिरहेको छ ।
आज ९औं स्मृति दिवस नेपाली काँग्रेस पार्टी कार्यालयले कुनैपनि आधिकारीक कार्यक्रम मनाउन सकेन । पार्टी कार्यालयका कर्मचारीहरुले मात्र फोटोमा माल्यापर्ण गरेर ९औं स्मृति दिवस मनाए । स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी एकमात्र सुपुत्री सुजाता कोइरालाले पनि कुनै त्यस्तो आधिकारिक कार्यक्रम गरेको पाइएन ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...