
नयाँ विकल्प,
काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ ।
आईजीपी बढुवा विरुद्ध सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० मा सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले एआईजी रवीन्द्रबहादुर धानुकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी)बाट एआईजीमा बढुवा भएका ५ जनालाई पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह लाई मानवश्रोत विकास विभाग, मुकुन्दराज आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिवेश लोहनीलाई अपराध अनुसन्धान विभाग र अरुण कुमार बिसीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...