मेयर बालेन शाहको बञ्चरेडाँडा अवलोकन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मेयर बालेन शाहको बञ्चरेडाँडा अवलोकन

नयाँ विकल्प,

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित भएका बालेन शाह नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेर काठमाडौंको फोहोर मैला विसर्जन स्थलको अवलोकन गरेका हुन् । अर्को दिन उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल समेत गरेका थिए ।

शपथ लिएको एकसाता भित्रमा उनी दुई पटक सिसडोल–बन्चरेडाँडा क्षेत्र पुगेर अवलोकन गरेका हुन् । फोहोर व्यवस्थापन नगरी बधाई तथा सम्मान नलिने घोषणा गरेका उनले सम्मानका लागि नबोलाउन सार्वजनिक रुपमा आग्रह गर्ने गरेका छन् ।

बालेनको अग्रसरतामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका विज्ञ टोलीले मंगलबार सिस्डोलमा पुगेर त्यहाँको वातावरणीय अवस्थाको अध्ययन गरेका छन् । केही दिनमा त्यसको रिर्पोट आउने बताइएको छ ।
फोहोरमैला व्यवस्थापन क्षेत्रका प्रतिनिधिसँग सहमति भएपनि स्थानीयले अवरोध गरेका कारण फोहोर मैला व्यवस्थापनको कार्य भने अगाडि बढ्न सकेको छैन ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ २६, ११: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ जेष्ठ २६, ११: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ २६, ११: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...