
नयाँ विकल्प,
काठमाडौं – शिक्षामन्त्री देवेन्द्र पौडेलले विदेशी धर्म प्रचारक संघसंस्थाहरुबाट मोटो रकम लिएर पाठ्यक्रममाफर्त धर्म परिवर्तन गराउने उदेश्य राखेर पाठ्यपुस्तक छपाउन लागाएको आरोप लागेको छ । संसद बैठकमा सांसदहरुले पौडेलले संविधानको उदेश्य विपरित पैसा लिएर यस्तो अपराधिक काम गरेको आरोप लगाएका हुन् ।
समयमै पाठ्यपुस्तक छापेर वितरण नगर्नुको पछाडी मन्त्री पौडेलको रहस्यमय कर्तुत भेटिएको भन्दै सांसदहरुले विरोध गर्दै आएका थिए । पछि छापिएका पाठ्यक्रमका पूस्तकमा इशाई धर्म प्रचारका लागि ‘ईशा’ राखेर त्यसलाई महत्व दिनुको पछाडी ठूलो रकमको चलखेल भएको हुनसक्ने सांसदहरूको भनाई छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले त जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारका शिक्षमन्त्रीको संलग्नताको देखिएको दावी गरेका छन् । सांसदहरुले पछिल्लो समय नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा आवाज उठाउँदै आएका थिए । उनले पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै शिक्षामन्त्रीलाई जवाफ दिन आग्रह गरे ।
पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको रावलको दावी छ ।‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश? मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ? कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो ?,’ सांसद रावलले बैठकमा प्रश्न गरे ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...