
नयाँ विकल्प,
काठमाडौं-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संगठनहरुलाई अहिलेको सरकारलाई कांग्रेसको एकलौटी सरकार जस्तो नसम्झन आग्रह गरेका छन् । उनले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सकारमा रहेका सबै दलको चित्त बुझाउनुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै देउवाले भातृसंस्थाहरुले कांग्रेसको एकलौटी सरकार जस्तो ठानेर विभिन्न माग राख्ने गरेको र माग पुराभएन भनेर विरोध गर्ने गरेको बताए । गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार सबै काम गर्न नसकिने देउवाले बताए ।
देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकारको प्रतिबद्ध रहेको पनि सबै कुरा भनेअनुासर हुन नसक्ने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...