नेप्सेमा १५ अंकको गिरावट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेप्सेमा १५ अंकको गिरावट

नयाँ विकल्प,

काठमाडौं – सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा झरेको हो ।

सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । नेप्से सूचक घट्दा कारोबार रकम समेत ९९ करोडमा सीमित हुन पुगेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज ९९ करोड ८६ लाख ७४ लाख रुपैयाँमा कारोबार सीमित भएको हो ।

आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी इनभेष्टमेन्ट समूहको उपसूचक १.३८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम अन्य समूहको ०.१ प्रतिशतले मात्र घटेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मनास्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ ३०, १६: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ जेष्ठ ३०, १६: ३१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ ३०, १६: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...