
नयाँ विकल्प,
पाल्पा – पाल्पाको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाखभन्दा बढीको चोरी भए छ । बगनासकालि गाउँपालिका ८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाख २७ हजार ३७३ रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको हो । सोमबार राती चोरी भएको र आफूहरुलाई मंगलबार जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चोरी घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको पाल्पाका प्रहरीले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...