
नयाँ विकल्प,
काठमाडौं – आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९.८९ अंकको गिरावट आएको छ । कारोबार खुलेको एक घण्टा ३० मिनेटमै सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । आज ४१ लाख ८२ हजार कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।
जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा जीवन बीमा समूह १३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ५३ अंकले घटेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले प्रशस्त आम्दानी गर्न सकेनन् । यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...