
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना आफुले कुनै पनि सन्धी र सम्झौता नगर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलपछि उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राख्दैमा वा दवाव दिँदैमा आफूले नमान्ने स्पष्ट पारेका छन् ।
शीर्ष नेताबीचको छलफलबारे जानकारी दिदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभई प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता सहमति नगर्ने बताएको जानकारी दिए ।
संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्षनेताहरुबीच एसपीपी सम्झौताका विषयमा छलफल भएको थियो । छलफलमा संसदमा छलफल जारीरहेको बजेट पारित गर्ने लगायतका विषयमा पनि कुराकानी भएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...