गैरजिम्मेवार ढंगले एसपीपीलाई चुनावी एजेण्डा एमालेले बनाउन नसक्ने कांग्रेस प्रवक्ता महतको दावी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गैरजिम्मेवार ढंगले एसपीपीलाई चुनावी एजेण्डा एमालेले बनाउन नसक्ने कांग्रेस प्रवक्ता महतको दावी

नयाँ विकल्प,

पर्सा – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउने नेकपा एमालेको रणनीति सफल नहुने बताएका छन् । उनले आफै सरकारमा रहेका बेला काम अगाडी बढाउने र सरकारबाट बाहिरिएपछि त्यसैमा अनावश्यक विवाद र बखेडा झिकेर एमालेले गैरजिम्मेवारीपूर्ण काम गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपिपीलाई चुनावी एजेण्डा बनाउन खोजेको अरोप लगाए । उनले सन २० १९ मा एमाले सरकारमा रहेको र उक्त समयमा अमेरिकाले एसपीपीमा सहभागि हुन नेपालले गरेको आग्रह स्वीकार गर्दा तत्कालिन प्रधानमन्त्री ओलीले किन अस्वीकार नगरेको भन्दै प्रश्न गरे ।

महतले आफु प्रधानमन्त्री हुँदा चुइक्क बोल्न नसक्ने ओलीले अहिले यसलाई चुनावी एजेण्डा बनाउनु गैरराजनीतिक चरित्र देखाउनु जस्तै भएको बताए । उनले जब ओली सरकारकै पालामा यसमा पत्राचार भएको भन्ने कुरा खुलिसकेको र तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्नु गलत भएको बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार ५, १३: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ असार ५, १३: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार ५, १३: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...