
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला गत शुक्रबारदेखि आन्द्रामा रक्तश्राव भई एकाएक अस्वस्थ हुनुभएका कारण ह्याम्स हस्पिटल मण्डिखटारमा आई.सीयूमा भर्ना गरिएको छ । ह्याम्स हस्पिटलको आई.सियूमा भर्ना गरिएका सिटौलाको हेमोग्लोविन कम भई एकाएक रिगंटा लागि ढलेका थिए ।
तत्पश्चात नेता सिटौलालाई उक्त हस्पिटलको आई.सीयूमा राखी उपचार गरिएको र ४ पिन ब्लड दिइएको हुँदा हेमोग्लोविन बढ्दै गएको हस्पिटलले जानकारी दिएको छ । आज सोमबारदेखि सिटौलाले जाउलो खाना थाल्नुभएको सुपुत्र श्याम सिटौलाले नयाँ विकल्प डटकमलाई बताए ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...