नेपाल स्टक एक्सचेञ्जमा ५० अंकभन्दा धेरैको गिरावट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाल स्टक एक्सचेञ्जमा ५० अंकभन्दा धेरैको गिरावट

नयाँ विकल्प,

काठमाडौं – आज सोमबार कारोबारमा आएको डेढ घण्टामै नेपाल स्टक एक्सचेञ्जमा ५० अंकभन्दा धेरैको गिरावट आएको छ । बिहान ११ बजेदेखि कारोबारमा आएको नेप्से परिसूचक साढे १२ सम्मको समयावधिमा ५२ अंकले घटेको हो ।
नेप्सेमा आज ५२ अंकको गिरावट आएर परिसूचक १८ सय ८१ अंकको बिन्दुमा पुगेको छ ।

आज ७५ करोड ७२ लाख ९३ हजार रुपैयाँ बराबरको २३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ । यस अवधिसम्म नेप्सेमा जम्मा ३ कम्पनीको सेयर उकालो लागेको छ । भर्खरै आईपीओ बाँडफाँड भएका दुई वटा कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकले ल्याएको डिबेन्चरमा वृद्धि देखिएको छ ।

सीवाई नेपाल लघुवित्त वित्तीय संस्थामा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ भने आँधीखोला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ८ प्रतिशत हाराहारीले बढेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार ६, १३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार ६, १३: १०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार ६, १३: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...