
नयाँ विकल्प,
काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने उनले बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताए ।
आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने उनले बताए । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले बताए । सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...