नयाँ विकल्प,
काठमाडौं – रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । ।
मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए ।
जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन् । सो रेलमा ६ सय तिर्थालुहरु आएका छन् भने उनीहरुलाई मधेश प्रदेश सरकारले जानकी मन्दिर दर्शनका साथै साँझमा गंगा आरतीमा सहभागी गराउने कार्यक्रम बनाएको छ । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्यत पुग्ने व्यवसायीहरुको आशा रहेको छ । आज रेलमा नेपाल आइपुगेकाको नेपाल र भारतमा गरी १८ दिनको यात्रा हुनेछ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...