
नयाँ विकल्प,
काठमाडौं – एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण आज सोमबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका पाँच मन्त्री नियुक्त गरेकी थिइन् ।
एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूलाई आज राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराउन लागेकी हुन् ।
स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई भने प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको सपथ गराउने छन् । एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले सोहीअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...