नेप्सेमा ७४.९३ अंकको वृद्धि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेप्सेमा ७४.९३ अंकको वृद्धि

नयाँ विकल्प,

काठमाडौं – बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ७४.९३ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ७४.९३ अंकले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको हो । केहीदिन यता निरन्तर उकालो लाग्न थालेको नेप्सेमा अघिल्लो दिन पनि ४१ अंकको सुधार भएको थियो ।
झण्डै ७५ अंकले बढेको बजारमा आज आधा दर्जनमाथिका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहको उपसूचक अधिकतम ७.३१ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्स समूह ६.९८ प्रतिशतले र विकास बैंक समूह ६।१३ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, म्यानु एण्ड प्रो ५.१२ प्रतिशतले, अन्य समूह ५.९२ प्रतिशतले, होटल तथा पर्यटन ४.८८ प्रतिशतले, हाइड्रोपावर ४.८६ प्रतिशतले, माइक्रोफाइनान्स ४.८१ प्रतिशतले, निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ ।
इनभेष्टमेन्ट समूह र जीवन बीमा समूह क्रमशः ३.३९ प्रतिशतले र ३.०६ प्रतिशतले बढेको बजारमा आज बैंकिङ समूह २.२० प्रतिशतले र म्यचुअल फन्ड समूहको उपसूचक २.६७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १६, १६: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार १६, १६: ५३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १६, १६: ५३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...