गोर्खाज फाइनान्सको चारवटा निक्षेप योजना सार्वजनिक – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

गोर्खाज फाइनान्सको चारवटा निक्षेप योजना सार्वजनिक

नयाँ विकल्प,

काठमाडौं – गोर्खाज फाइनान्स कम्पनीले चारवटा निक्षेप योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विशेष गोर्खाज बचत खाता’ खोल्दा दीर्घरोगको बिमा तथा दुर्घटना बिमाको सुविधा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम र निःशुल्क डिम्याट लगायत सुविधा उपलब्ध गराउने भएको छ ।

यसैगरी वार्षिक ९ प्रतिशत ब्याज दिने ‘विशेष गोर्खा पेन्सन बचत खाता’ सार्वजनिक गरेको छ । न्यूनतम पाँच हजार रुपैयाँमा खोल्न सकिने यो खातामा २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, पाँच लाखसम्मको दीर्घरोग बिमा, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर, डेबिट कार्ड, डिम्याट खाता लगायत सुविधा छन् ।

कम्पनीले ‘एकको दुई गोर्खाज दोब्बर मुद्दती खाता’ र ‘एकको तीन गोर्खाज तेब्बर मुद्दती खाता’ पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार १६, २१: ०९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
  • २०७९ असार १६, २१: ०९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७९ असार १६, २१: ०९

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...