
कालिकोट । जिल्ला अस्पताल कालिकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको छ। विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव भएपछी सेवामा समस्या देखिएको छ ।
जिल्ला अस्पतालमा १०औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रहेकामा विसं २०६१ देखि निमित्त रहँदै आएको, दरबन्दी अनुसार कार्यालय प्रमुख र कर्मचारी हालसम्म नपाएको सूचना अधिकारी कटकबहादुर महतले बताए।
प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित भएका छन् । विसं २०६१ देखि सेवा सुरु गरेको जिल्ला अस्पतालमा अहिले आठौँ तहका कर्मचनरी कार्यालय प्रमुख भएको जानकारी दिएका छन ।
अस्पतालले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ नभएको सूचना अधिकारी महतले बताए ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...