
नयाँ विकल्प,
काठमाडौं – महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिका–६, नगरकोट, वेशीटोलमा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत खानेपानीको धारा निर्माण गरेको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले विद्यालयमा रहेका बालबालिकालाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले प्रदेश १ मा ५, बागमती प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी १०३ वटा शाखा मार्फत करिब ६ लाख ग्राहकलाई वित्तिय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...