
नयाँ विकल्प,
काठमाडौं – काठमाडौंको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत विभिन्न स्थानहरुमा पानीको नमुना परीक्षण गरेको थियो । परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको बताएको छ । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले तत्काल कडा अनुगमन समेत गरी कारबाही गर्नुपर्ने देखिन्छ । विशेषगरी बजारमा वितरण भइरहेको जारको पानीलाई लक्षित गरी अनुगमन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यलाई निरन्तरता दिनुपर्ने देखिन्छ । जारको पानी शुद्ध भए नभएको समेत अनुगमनमा कडा पार्नुपर्ने देखिन्छ । पानीको जार पुनः प्रयोग गर्दा राम्ररी सफा नगरिएका कारण जीवाणु आएको हुन सक्छ, कतिपयले खोलाको पानी भरेर सिधै वितरण गर्दा मानिसको स्वास्थ्यमा नै खेलवाड भएको हो । पिउन अयोग्य पानी बिक्री गरिरहेको पाइएकाले यस्ता व्यवसायीलाई कारबाही गर्नुपर्ने सर्वत्र आवाज उठिरहेको छ । स्वास्थ्य विज्ञले यस अघि नै काठमाडौंमा भित्रभित्रै हैजा फैलिएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । काठमाण्डौमा असार महिनाको पहिलो हप्ता पहिलो पटक बागबजारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म उपत्यकामा १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने विज्ञले चेतावनी दिएका छन् । यसरी सर्वत्र ट्याङ्कर तथा जारको पानी विक्रीवितरण गर्दा उच्च सतर्कता नअपनाए खानेपानीमै हैजाको जीवाणु भेटिएपछि जोखिम र चुनौती झन् बढेको छ । उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान सबैले सचेतना अपनाउनुपर्नेछ । जार तथा बोतलको पानी पनि उमालेर मात्रै प्रयोग गर्नु सबैको ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...