नेप्सेमा लगातार दोस्रो दिन ४६ अंकको गिरावट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेप्सेमा लगातार दोस्रो दिन ४६ अंकको गिरावट

नयाँ विकल्प,

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन गिरावट आएको छ । आज ४६ अंकले घटेसँगै नेप्से परिसूचक २०३० अंकमा आइपुगेको छ । कारोबार सुरू भएको समयमा बजार उकालोतर्फ लागेपनि १२ बजेदेखि ओरालो लाग्न सुरू गरेको थियो । त्यसपछि, निरन्तर घट्दै बजार अन्तिम समयसम्ममा ४६ अंकले घटेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ८६ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएका १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ । निर्जीवन बीमा कम्पनी समूहको सूचक २३९ अंकले घट्दा जीवन बीमा समूहमा २१५ अंकको गिरावट देखिएको छ । यस्तै, उत्पादनमूलक समूहमा १४५ अंकको गिरावट आउँदा लघुवित्त समूह ११३ अंकले घटेको छ ।

यसका साथै, विकास बैंक समूह १०० अंकले घट्दा व्यापार समूह ८५ अंकले र होटल एण्ड टुरिजम समूह ७८ अंकले घटेको छ । यसबीचमा तीन वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार २१, १७: १४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार २१, १७: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार २१, १७: १४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...