यी १७ अस्पतालमा कोरोनाको नि:शुल्क उपचारको व्यवस्था – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

यी १७ अस्पतालमा कोरोनाको नि:शुल्क उपचारको व्यवस्था

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको संक्रमित बिरामीका लागि देशभरका १७ अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेको छ । कोरोना संक्रमितको उपचारवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् । ६ वटा प्रदेशका २–२ वटा र बागमती प्रदेशका ५ वटा गरी १७ वटा अस्पतालमा निस्शुल्क उपचारका व्यवस्था गरिएको अधिकारीले बताए ।

प्रदेश १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा निस्शूल्क उपचारको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु , भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङमा निशूल्क उपचारको व्यवस्था गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगरमा निस्शुल्क उपचारको व्यवस्था गरिएको छ। सुदूरपश्चिम अस्पतालमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा निशुल्क उपचारको व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ श्रावण १६, १६: ५१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ श्रावण १६, १६: ५१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ श्रावण १६, १६: ५१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...