अध्यक्षमाथि हातपात गर्दा सडक अवरुद्ध – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

अध्यक्षमाथि हातपात गर्दा सडक अवरुद्ध

सिन्धुली । नेपाली काँग्रेस सिन्धुली जिल्ला कार्यसमितिले गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरमाथि हातपात गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले कारबाही नगरेको भन्दै शनिबार बीपी राजमार्ग बन्द समेत गरे । गाउँ पालिका अध्यक्षलाई हातपात गर्नेलाई प्रहरीले कारबाही गर्नुको सट्टामा संरक्षण दिएको भन्दै सिन्धुली काँग्रेसले शनिबार जिल्ला बन्दको आयोजना गरेको थियो ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेर राती नै छोडेपछि काँग्रेस कार्यकर्ता आक्रोशित भइ राजमार्ग लगायत सिन्धुलीका विभिन्न सडकहरुमा टायर बाल्दै सवारी आगमन बन्द गरे ।

चैत्र २८ गते नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता सिद्धिबहादुर कटुवालले गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै हातपात गरेका थिए । नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताले सिन्धुलीमाडी, खुर्कोट, नेपालथोक, मुल्कोट, भिमान स्थानहरुमा प्रदर्शन गर्दै धर्ना बसेका थिए । स्थनीय काँग्रेस कार्यकर्ताको प्रदर्शनी र अवरोधका कारण राजधानी काठमाडौंबाट पूर्वी र मध्य तराईतिर जाने सवारी साधनका यात्रुहरु बाटैमा अललपत्र परेका थिए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७५ चैत्र ३०, १२: ३३

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०७५ चैत्र ३०, १२: ३३

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०७५ चैत्र ३०, १२: ३३

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...