
काठमाडौं । सरकारका सबै मन्त्री र सचिवहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेर सुशासन, सेवा प्रवाह र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन विषय छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सुशासन कायम गर्नुपर्ने बताए ।
देउवाले विकास आयोजना समयमा नै सम्पन्न हुन नसक्नुका कारण खोजेर ती आयोजना समयमा नै सम्पन्न गर्नेगरी मन्त्री र सचिवलाई विशेष निर्देशन दिएको प्रवक्ता महादेव पन्थले बताए ।
चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक कार्यान्वयन गर्न विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आफू सरकारमा आएपछि कोभिड महामारीको चपेटामा परेका सर्वसाधारण नागरिकलाई कोभिड भ्याक्सिन लगाउन सफल भएको बताए ।
मुलुकमा देखापरेका समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने औंल्याए । देउवाले लामो समयपछि मन्त्री र सचिवसँग अन्तक्र्रिया गरेको भन्दै विगतका कमीकमजोरी हटाएर चालू आर्थिक वर्षमा उपलब्धिमूलक कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
यस्तै मुख्य सचिव शंकरदास वैरागीले सरकारका निकायबीच छिटै कार्यसम्पादन करार गर्ने गरी आवश्यक योजना तय गरिएको स्पष्ट पारे । सरकारको नीति तथा योजना कार्यान्वयनमा सचिवको विशेष भूमिका रहने भएकाले सचिवहरू जिम्मेवारका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...