चुनावमा एक्लै लड्न कांग्रेसलाई लीलामणिको चुनौती – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

चुनावमा एक्लै लड्न कांग्रेसलाई लीलामणिको चुनौती

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समेट्न नसकिने नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बताएका छन् । नेता पोखरेलले चुनौती दिदै भने, ‘गठबन्धन समझदारीमा हुने हो । त्यसकारण कांग्रेसले यति सिट चाहिन्छ भनेर हुँदैन ।

कांग्रेसलाई सय सिट चाहिन्छ भन्ने हो भने एक्लै लडोस् म चुनौती दिन चाहन्छु, परिणाम आफै निस्किने छ ।’ उसले केका आधारमा सय सिट मागिरहेको छ ? भन्दै स्थानीय तहमा आफुले निकास दिएको बताए ।

दम्भ प्रकट गरेर नहुने भन्दै नेता लीलामणीले विप्लवलगायतका नेताहरुको पक्राउ पुर्जी तुरुन्त फिर्ता गर्न आग्रह गरे । अबको प्रधानमन्त्री प्रचण्ड हुने संकेत गर्दै अहिले नै फलानो प्रधानमन्त्री भनेर नहुने बताए ।

अघिल्लो सरकारले तीनबुँदे सहमति गर्ने, यो सरकारले पक्राउ पुर्जी जारी गर्ने भन्दै आक्रोष व्यक्त गरे । सहमति भनेको मानमर्दन र अलमल्याउन गर्ने नभइ, विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउन तयार छौं भनिसकेपछि फेरि अदालती प्रक्रियामा जाँदा फेरि अशान्ति मच्चिने कार्य गलत भएकोले पक्राउ पुर्जी अहिल्यै तुरुन्तै फिर्ता लिनुपर्ने बताए । ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १८, ०८: ४३

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १८, ०८: ४३

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १८, ०८: ४३

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...