बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुटन गृहमन्त्री खाणको निर्देशन – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुटन गृहमन्त्री खाणको निर्देशन

काठमाडौं । उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

सप्तकोशीको पानीको बहाबले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए ।

गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग छलफल गरेका छन् । कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भयो । परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला उदयपुर हो ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाई विभागका उदयपुर मुख्य लगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासस्थानको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका छन् ।

गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ । विपद्मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिएका छन् ।

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश १ प्रमुख डिआइजी गिरीले जानकारी दिए । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उनले बताए । नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहोराले बताए ।

आफूहरुले गृहमन्त्री खाणले त्यही विषय जाहेर गरेको र त्यसपछि बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न निर्देशन भएपछि त्यही अनुरुप आफूहरुले काम गरिरहेको बाहोराले बताए । केही दिन अघि पनि सप्त कोशीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उनले बताए ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १८, १०: ५७

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १८, १०: ५७

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १८, १०: ५७

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...