काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान सर्वसाधारणमा विक्री गरेको शेयरको अन्तिम बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धकका कम्पनीको आईपिओ खरीदका लागि कुल १५ लाख ४३ हजार ९४५ जनाले १ करोड ७० लाख ७२ हजार ८७० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्य ४ हजार ४४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका १५ लाख ३९ हजार ५०५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गर्दा २ लाख २७ हजार २०० जना योग्य आवेदकहरूले मात्र शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ता शेयर बाँडफाँट गरी बाकी रहेको ५ कित्ता शेयर भने थप पाँच जनालाई एक एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
यस आधारमा भाग्यमानी ५ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका १३ लाख १६ हजार ९४३ जना आवेदकहरूको हात भने खाली भएको छ । कम्पनीले सर्वसाधारणमा साउन ४ गतेदेखि साउन ८ गतेसम्म आईपीओ बिक्री गरेको थियो ।
सर्वसाधारणका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर कम्पनीले बुधवार बाँडफाँट गरेको हो ।
सर्वसाधारणमा १५ प्रतिशत शेयर जारी पश्चात् चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ३० लाख कायम भएको छ । गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ८८ रहेको छ भने कम्पनी सो अवधिसम्म रू. ७ करोड ११ लाख सञ्चित नोक्सानीमा रहेको छ ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...