काठमाडौं । कोरोना बढ्न थालेसँगै नाकामा सतर्कता अपनाउन थालिएको छ । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ । जमुनाह नाकामा अहिले सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए ।
भारतबाट दिनहुँ भित्रिनेको सीमानाका जमुनाहमा प्रभावकारीरूपले स्वास्थ्य जाँच गराएर मात्र घर फर्किने व्यवस्था गरिएको छ । जमुनाह नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएकोे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । बाँकेमा हाल ४३ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...