
काठमाडौं । प्रहरीले कपडामा लगाएको टाँकभित्र सुन लुकाएर ल्याउने एक जनालाई पक्राउ गरेको छ । हाफ पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो दिउँसो १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिएका छन् ।
थाई स्माइल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका मक्कर भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ परेका हुन्।
उनले ल्याएका पाँच वटा हाफ(पाइन्टमा अस्वाभाविक संख्यामा टाँक राखिएको थियो। ती टाँकभित्र स(साना रिङ बनाएर ४२६ ग्राम सुन ल्याएको पाइएको हो।
उनलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारबाही सुरू गरिएको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए ।
मक्करले रेडिमेड हाफ पाइन्टमा धातुले बनेका प्रत्येक टाँकमा दुई वटा सुनका रिङ राखेर ल्याएका थिए । भट्टराईका अनुसार उनीबाट बरामद भएको सुनको बजार मूल्य करिब ३५ लाख रूपैयाँ छ ।
उनले आफू एक्लैले यो कसुर गरेका हुन् वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
मक्करलाई अहिले नेपाल प्रहरीको हिरासतमा राखिएको प्रहरीले बताएको छ।
उनीबाट बरामद भएको सुन जफत, बिगोसहित ३५ लाख जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्ने कार्यालयले जनाएको छ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...