
काठमाडौं। आज र भोलि कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखाले पुन आग्रह गरेको छ ।
बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बुधवार कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो ।
महाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...