
काठमाडौं । उदयपुर, सप्तरी, सुनसरी लगायतका तटीय क्षेत्रमा कोशी नदीमा बाढीले खतराको बिन्दु पार गरेको छ । पुर्वी पहाडमा अविरल परेको वर्षाका कारण बाढीले खतराको बिन्दु पार गरेको हो ।
सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ ।
सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।
उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका( १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भइरहेको छ ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...