काठमाडौं । प्रहरीले बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई पक्राउ गरेको छ । निलकण्ठ नगरपालिका ३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका ४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन् । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेंलो धातु र अमेरिकी डलर जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।
साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बेग बहादुर तामाङको घर तालसी गर्दा घरमा लुकाई राखेको २ थान सेमि अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...