
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन चरणको राष्ट्रिय जनजागरण अभियानमा पार्टीको संगठन सुधार गर्न र सरकारका भ्रष्टचारजन्य क्रियाकलापको विरोध गर्न कांग्रेसले ७७ जिल्लामै एकै समयमा जनजागरण अभियान गर्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले संगठन सुदृढीकरणका लागि भातृ संस्था नेविसंघ, तरुण दल, महिला संघलगायतको व्यापक परिचालन गर्ने गरी जनजागरण अभियानको घोषणा गरेको छ ।
‘हिमाल, पहाड, तराइ(मधेश नेपाली कांग्रेस जागरण’ नाम दिइएको अभियान लोकतन्त्र दिवस वैशाख ११ गतेदेखि देशैभर सुरू हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्न, नवीन ढंगको एकता, सुदृढीकरण, समृद्धिको दिशामा गरिएको काम व्यापक ढंगले जानकारी दिन जनजागरण अभियान गर्न लागेको कांग्रेसले जनाएको छ।
जनजागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र ७६ जिल्लामा केन्द्रीय प्रतिनिधिले उद्घाटन गर्ने शर्माले बताए। केन्द्रीय प्रतिनिधि जिल्लामा एक महिना बस्नेछन्।
पहिलो चरणः वैशाख ११ गते लोकतन्त्र दिवसबाट सुरू भएर जेठ ११ गते सकिने गरी एक महिना। दोस्रो चरणमा भदौ २४ बीपी जन्मजयन्तीमा सुरू भई असोज ७ गते सकिने गरी १५ दिन, तेस्रो चरणमा पुस ७ गते सुरू भएर पुस १६ मेलमिलाप दिवसका दिन सकिने गरी १० दिन,
पहिलो चरणमा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन्भने दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने र १५ दिन सम्बन्धित क्षेत्रमा बस्ने तथा तेस्रो चरणमा ७५३ गाउँ नगरमा केन्द्रीय प्रतिनिधि खटिएर कार्यक्रम गर्ने भएको छ ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...