भोलि सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डामा – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

भोलि सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डामा

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने बताइएको छ । भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १९, १५: ४३

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १९, १५: ४३

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १९, १५: ४३

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...