काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुकाे सरुवा गरेको हो ।
अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।
महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...