सहकारीहरुको लागि कोप कार्ड सेवा शुभारम्भ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सहकारीहरुको लागि कोप कार्ड सेवा शुभारम्भ

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले विगत २० वर्ष देखि बैंक तथावित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवाउपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप (Coop) कार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंकको २० औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा समुद्घाटन गरी शुभारम्भ गरिएको छ ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनअनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम (ATM) कार्ड, स्मार्टक्यूआर (SmartQR) र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएकोे छ । अहिले सम्मबैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम (ATM) कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे छ । विगत केहि समय अगाडि देखि एससीटी (SCT) ले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पु¥याउनराष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप (Coop) कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो ।यसरी प्रदानगर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमाआधारीत हुने र नेपाल तथा भारतका एटीएम/पोस (ATM /POS) जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप(ऋययउ)कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप (Coop) कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप (Coop) कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम (ATM) मार्फत रकमनिकाल्न सक्नेछन भने, पोस (POS) को माध्यमवाट कुनै पनि सेवावा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने, नगद कारोबार कमभएर औपचारिक रुपमा बचत परिचालनहुने रवित्तीय सेवा २४घण्टा उपलब्धहुनेछ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्तिदिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।

कार्ड शुभारम्भ कार्यक्रमलाईप् ा्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै,माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक बृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताए ।

राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताका बारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्धारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रबिधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गरे ।

ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफनो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागीभई सहकारी क्षेत्रमा पनि केहि टेवा पुरयाउन पाएकोमा खुशि ब्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटी (SCT) ले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । सेवा क्षेत्रमा प्रबिधिको आवश्यकता रहँदै आएको सन्दर्भमा यस्ता सेवाहरू थपिँदै जाँदा संस्थाहरूको सेवा प्रविधियूक्त हुने धारणा समेत अध्यक्ष पोखरेलले व्यक्त गरे ।

कोप (Coop)कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ्गएण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ्गएण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७९ श्रावण २०, १४: ५४

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७९ श्रावण २०, १४: ५४

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७९ श्रावण २०, १४: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...