काठमाडौँ उपत्यकामा नोहर्न अभियान पुन : सुरु, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन निषेध – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

काठमाडौँ उपत्यकामा नोहर्न अभियान पुन : सुरु, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन निषेध

काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनकालागि आजबाट पद्मकन्या बहुमुखी क्याम्पसकाएक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताउनु भयो ।

काठमाडौँ उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

कार्यक्रम रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट शुरुवात भएको थियो साथैकाठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी तथा भोलन्टियर र पद्मकन्या क्यामप्सका प्राध्यापक र विद्दयार्थीहरुले सिंहदरबार चोकमा गइ सार्वजनिक तथा निजी सवारी साधनहरुमा नो हर्न लेखिएको स्टिकर टाँस्नु भएको थियो । उक्त कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसी स्थित कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
  • २०७९ श्रावण २२, १५: ०७

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...

वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
  • २०७९ श्रावण २२, १५: ०७

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको हिरक...

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २२, १५: ०७

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...