
काठमाडौं । प्रहरीले लागू औषध व्यापार गर्ने चार जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी ४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई प्रहरीले पक्राउ गरेको छ ।
विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए ।
सुशान्त र सिर्जनालाई विर्त सिंहले खैरो हेरोइन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूमाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिएका छन् ।
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको हिरक...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...