काठमाडौं । सार्वजनिक यातायातले यात्रुहरूसँग जथाभावी भाडा लिने गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न निर्देशन दिइएको छ ।
संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग जथाभावी भाडा लिने गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको हो ।
आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।
समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरूसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् ।
सभापति खड्काले देशका मुख्य सडकहरूमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिएकी छन् ।
उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरूको निर्माण तथा स्तर उन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नत्तिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन् ।
सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिइन् ।
काठमाडौं : एक सय शय्याभन्दा बढी क्षमता भएका मेडिकल कलेज तथा शिक्षण अस्पतालहरूले पुनः पिसिएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम सञ्चालन गर्न पाउने...
काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...