काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढङ्गले कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् ।
आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मङ्गलवार बिदामा बस्ने घोषणा गरेका छन् । देशभरिका नासु कर्मचारीहरूले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरूको भेलाले भोलि देशभरिका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ’ उनले भने, ‘थप आन्दोलनका थप कार्यक्रम हामी भोलि तय गर्छौँ ।’
असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् । उनीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकरअन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ ।
काठमाडौं : एक सय शय्याभन्दा बढी क्षमता भएका मेडिकल कलेज तथा शिक्षण अस्पतालहरूले पुनः पिसिएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम सञ्चालन गर्न पाउने...
काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...