
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ ।
२०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका हिजो सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएपछि परिषद्ले परीक्षा सञ्चालन गर्न सकेको थिएन ।
सर्वोच्चले उक्त मुद्दा फिर्ता लिईसकेको भन्दै गत जेठ १६ गते लोक सेवा आयोगबाट विभिन्न मिति र समयमा परीक्षा कार्यक्रम संचालन गर्न सहमति दिएकाले परीक्षाको समयतालिका सार्वजनिक गरेको सीटीईभीटीले जनाएको छ ।
सार्वजनिक समयतालिका अनुसार परीक्षा भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लोक सेवा आयोग अनामनगरमा सञ्चालन हुनेछ ।
परिषद्ले समयतालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने दिन अप्रत्यासित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित नहुने जनाएको छ ।
कोभिडको संक्रमण बढ्दै गएको स्वास्थ्य सुरक्षाको मापदण्ड सहित परीक्षा हलमा प्रवेश गर्न सूचित गरेको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले...