विद्यालयमा बेहोश हुन थाले छात्रा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विद्यालयमा बेहोश हुन थाले छात्रा

बझाङ । बित्थडचीर गाउँपालिका – १ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोश हुन थालेका छन् । विद्यालयमा एकैचोटी सात छात्रा बेहोस भएका थिए ।

भने अर्को दिन दुई जना छात्रा बेहोस भएका थिए उनीहरूको दुई घण्टा पछि होश आएको प्रधानाध्यापक बिष्णु सिंह बोहराले बताए। उनले भने विद्यार्थीहरु एकपछि अर्को गर्दै बेहोश हुन थालेको बताए।

पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोश हुने गर्दछन । बेहोस भएका सबैलाई घर पठाएपनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्‍याएर डाक्टरबाट जाँच गराएको उनले बताए।

बेहोस भएका छात्रामा नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, काँप्ने र बर्बराउने जस्ता लक्षण देखा परेको छ । विद्यार्थीहरुमा बेहोस हुने समस्या देखिएपछि देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो।

उनीहरूमा ‘मास हिस्टेरिया भएको डाक्टर ईश्वर बलामीले बताए। उनले भने ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ। त्यसको जाँच गर्नुपर्छ ।

यो समस्याका लागि आइसोलेसनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछु्ट्टै राख्नु पर्ने बताएका छन ।

चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए। एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने उनको भनाइ छ।

यस्ता छात्रामा केही अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ। विद्यालयमै पुगेका डाक्टर बलामीले १ घण्टा शिक्षकहरूलाई समेत सहजीकरण गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ श्रावण २६, ११: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ श्रावण २६, ११: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ श्रावण २६, ११: २३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...