काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार २ हजार ४ सय ११ जनाको पीसीआर र २ हजार १ सय २३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार ४ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...