
काठमाडौं । अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवकोे दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको हो । बजेट निर्माणमा खटिरहेको अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीय सचिवहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
अबदेखि प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८०, उपप्रधानमन्त्रीले ७७ हजार ३ सय २०, मन्त्रीका लागि ६९ हजार ४ सय राज्यमन्त्रीका लागि ६३ हजार ७ सय ७० र सहायकमन्त्रीका लागि ६२ हजार ४ सय ९० रुपैयाँ तलब सुविधा दिइने भएको छ ।
नयाँ व्यस्थाअनुसार प्रमुख स्वकीय सचिवको तलब मासिक ५७ हजार ७ सय ८०, स्वकीय सचिवको ५१ हजार ४ सय २०, सहस्वकीय सचिवको ४० हजार १ सय ५०, उपस्वकीय सचिवको ३४ हजार २ सय २०, स्वकीय अधिकृतको ३० हजार ५ सय, फोटोग्राफरको ३० हजार ५ सय, ड्राइभरको १८ हजार ३ सय ४० र पियनको १६ हजार १ सय ३० रुपैयाँ तलब रहेको छ ।
यसैगरी, सांसदहरुले खाना पकाउने एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले घरायसी र व्यापारिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक–फरक गर्न माग गरेका छन् ।
सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक प्रयोजनका लागि खाना पकाउने ग्यासमा भ्याट छुटको व्यवस्था भएको तर घरायसी प्रयोगकर्तालाई सुलभ हुनेगरी व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्नुपर्ने बताएका थिए ।
यसभन्दा अगाडि नीलो र रातो रङका ग्याँस सिलिन्डर प्रयोगमा ल्याइएको भएपनि कमिसनका कारण सफल हुन नसकेको भन्दै व्यवसायीलाई दिइँदै आएको भ्याट फिर्ता गर्नुपर्ने र बैंक अकाउन्टमार्फत् व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा रहेका मापदण्ड विपरीतका पेट्रोलपम्प सरकारले हटाउन नसकेको भन्दै आलोचना गरे । बैठकमा समितिका सदस्यहरुले नेपाल आयल निगमको डिपो स्थापना गर्न जग्गा खरिदमा भएको अनियमितताबारे पनि प्रश्न उठाएका थिए ।
सांसदहरुले २०७२ साल चैत १९ गते समितिले दिएको ग्यास उद्योग दर्ता रोक्न निर्देशन कार्यान्वयनबारे आयल निगमका पदाधिकारीसँग चासो राखेका थिए । समितिले पेट्रोलपम्प र नयाँ ग्यास उद्योग स्थापनाबारे छलफल गर्न आयल निगमका पदाधिकारीलाई बोलाएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...