पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो

ललितपुर । पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा घुइँचो लागेको हो । बिहानैदेखि मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको हो । उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था स्वयंसेवकहरुले मिलाइरहेका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मान्यताअनुसार आजका दिन व्रत बस्ने र कृष्णको पूजा गर्ने चलन रहिआएको छ । प्रहरी सुरक्षा व्यवस्था मिलाएको छ भने स्थानीयले पनि भिड नियन्त्रण गर्न सहयोग गरिरहेका दृश्य देख्न सकिन्छ ।

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रपति पनि जाने बताइएको छ । मुलुकभरका कृष्ण मन्दिरहरूमा आज बिहानैदेखि चहलपहल बाक्लिएको छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र घुम्न जाने दिन भएकाले पनि ठूुला मेला लागेका छन् ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिने महाभारतमा उल्लेख छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ भाद्र ३, ११: २३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ भाद्र ३, ११: २३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ भाद्र ३, ११: २३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...