
नयाँ विकल्प,
काठमाडौं – कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी परेका सम्पूर्ण रिट निवेदन खारेज गर्दै परीक्षाका लागि बाटो खुला गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कर्मचारी समायोजन विषयमा दरबन्दी भएको ठाउँमा मिलाउनु छ भने प्रदेशका विवाद प्रदेशमै मिलाउने भन्ने रहेको छ । सम्पूर्ण जानकारी फैसलाको लिखित पूर्णपाठ आएपछि मात्र थाहा हुनेछ ।
कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको भए पनि सरेर आजका लागि निर्णय सुनाउने तय भएको थियो ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...