ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक पक्राउ – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक पक्राउ


काठमाडौं । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना चालकलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्धा चलाएको छ । बा ८५ प ८९६७ नम्बरको मोटरसाईकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३६ बर्षीय केशव भुसाललाई मुद्धा चलाएको हो ।

मंगलबार साँझ ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाईएपछी कारवाही गर्न खोज्दा भुसालले ट्राफिक प्रहरीलाई नगद १ हजार रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

साथै ट्राफिक प्रहरीले नगद लिन ईन्कार गर्दा गालीगलौज गर्नुका साथै वादविवाद गरी अभद्र व्यवहार गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनी उपर अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ भाद्र १०, १६: १२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७९ भाद्र १०, १६: १२

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७९ भाद्र १०, १६: १२

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...