
काठमाडौं । हालै सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विद्येयक सम्बन्धी आइतबार छलफल कार्यक्रममा अधिकांश ठुला मिडियाका सम्पादक, प्रकाशकहरुले विद्येयकमाथि आपति जनाएका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भएको छलफल कार्यक्रममा सम्पादक प्रकाशकहरुले यस्तो नियन्त्रित पत्रकारिता हुनै नसक्ने भन्दै सशक्त आन्दोलनमा उत्रन महासंघलाई सुझाएका छन् ।
यस अघिनै नेपाल पत्रकार महासंघले एक हप्ते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । जसअनुसारः नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ ।
महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरेको छ । महासंघले सम्पूर्ण सरोकारवाला पक्षसँग छलफललाई तीव्र पार्दै एक हप्ते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...