प्रचण्डको वैवाहिक कार्यक्रम – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रचण्डको वैवाहिक कार्यक्रम

काठमाडौं । बैबाहिक जीवनमा बाँधिएको पाँच दशक पुरा भएको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार ललितपुरको सुनाकोठीस्थित आफ्नो अस्थायी बसोबास गर्ने भाडाको नयाँ घरमा भव्य कार्यक्रम आयोजना गरे ।

जनयुद्धको समयमा एक मुठी सिन्दुर र एउटा क्यात्तुके मालाको भरमा आफ्ना अनुयायी र लडाकुको विवाह गर्ने गराउने अनुभव बटुलेका नेकपा अध्यक्ष प्रचण्डको बैबाहिक जीवनको
५०औं बर्षगाँठ भने भब्य र लाखौं खर्चेर तामझामका साथ सम्पन्न गरिएको थियो । काश्कीकी सीता पौडेलसँग विवाह गरेको ५० बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा खुसी र हाँसोभन्दा बढी भावुकताको प्रदर्शन गरिएको थियो ।

प्रचण्ड निकै हँसिलो भएर अतिथिको स्वागतको लागि निकै ठाँटिएर बसे पनि उनकी पत्नी सीता भने आकर्षक डिजाइनमा सजाईएको मञ्चमाथिको सोफामा पुरै ढल्किएर बसेकी थिइन् । उनलाई भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र अर्की कान्छी छोरीले छेउमै बसेर सुम्सुम्याईरहेको देखिन्थ्यो ।

दुई बर्षअघि छोरा प्रकाशको मृत्युपछि थलिएकी सीता दाहाल राम्रोसँग हिँडडुल गर्न र बोल्न सक्ने अवस्थामा थिइनन् । त्यसैले त ५० औं बर्षगाँठमा अतिथिलाई धन्यवाद दिन उभिएका प्रचण्डले भनेका थिर्ए यिनी धानिन्छिन भन्ने मलाई लागेको थिएन, यिनी धान्यिन, यो कार्यक्रम खासमा उनकै खुसीको लागि छोरीहरुको आग्रहमा आयोजना गरिएको हो ।’

प्रचण्डअघि अतिथिलाई स्वागत गर्न उभिएकी रेणुले बुवा प्रचण्डलाई राजनीतिमा यहाँसम्म पुर्याउन आमा सीताको हात रहेको भन्दै आफ्नो परिवारले पार्टीको लागि धेरै त्याग गरेको दाबी गरिन । उनले आमाले सँधै छोराछोरीलाई भन्दा बुवा प्रचण्डको राजनीतिमा सहयोग गरेको भन्दै दाहाल परिवारले पार्टीमा लागेर पाउने भन्दा गुमाएको दाबी गरिन ।

आफूले जेठी दिदी र भाई प्रकाश गुमाएको पीडा भए पनि त्यसलाई शक्तिमा बदलेर देश र जनताको लागि क्रियाशिल भएको बताईन । प्रचण्डकी नातिनीले बाबा र आमाले किनेको …भन्ने गीत गाउँदा शोफामा उत्तानो परेर ढल्किएकी सिता जुरुक्क उठेर नातिनीको अनुहार हेर्दै रुएकी थिइन् । नयाँ दुलाहा झैं देखिएका प्रचण्डले सीतलाई बेहुलीको झैं माला लगाइ दिए तर अस्वस्थ सीताले प्रचण्डलाई माला लगाइ दिँदा छोरीहरुले सहायता गर्नु परेको थियो ।

जेठी छोरीको निधन, छोरा प्रकाशका निधन र श्रीमती सीताको अस्वस्थताका कारण निकै भावुक र हुने गरेका प्रचण्ड विहीबार भने भीभीआईपीको अघि निकै सम्हालिएका थिए । मञ्चमा बेहुला र बेहुली झैं बसेका प्रचण्ड र सीताबीच त्यतिधेरै हेरा हेर गर्न सकेनन् । सम्भवत भावुक बनेका प्रचण्डले सयौं अतिथिको अघि सीताको हालत देखेर भावुक भइन्छ कि भने मनोभावना हुनसक्छ ।

प्रचण्डलाई ५०औं बैबाहिक जीवनको बर्षगाँठमा शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन श्रीमतीसहित गएका थिए भने पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, सभामुख कृष्णबहादुर महरा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, पार्टीका महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादलदेखि व्यापारी अजयराज सुमार्गीका परिवारका सबै सदस्यहरु कार्यक्रममा उपस्थित थिए ।

अतिथिलाई चिसो तातोदेखि ८४ व्यञ्जनको परिकार पाँच तारे होटलको मेनुअनुसारको व्यवस्था गरिएको थियो । करिव ३ रोपनी क्षेत्रफलमा रहेको घर र बगौंचासहितको त्यो घर एक व्यापारीको हो ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ बैशाख ३०, ०८: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ बैशाख ३०, ०८: ३१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७६ बैशाख ३०, ०८: ३१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...