काठमाण्डौ । डेंगो परीक्षणका लागि मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय आज पनि छलफलमा जुट्दै छ ।
हिजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको छलफलमा एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको थिएन ।
शुल्क निर्धारण अघि आज पनि छलफल हुने मन्त्रालयले बताएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले डेंगो परीक्षण शुल्कमा एकरूपता ल्याउन छलफल भईरहेको बताए।
काठमाण्डौ उपत्यकालगायत देशैभर डेंगोको प्रकोप बढ्दै जाँदा प्रयोगशाला र अस्पतालले परीक्षण शुल्कमा मनपरी रकम असुल्न थालेका छन् । सरकार मातहत रहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेंगो परीक्षण शुल्क आठ सय रुपैयाँ तोकिएको छ ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने पाँच सय रुपियाँमा नै डेंगा परीक्षण गराउने गरेका छन् । त्रिवि शिक्षण अस्पतालले डेगो परीक्षणको शुल्क ९ सय ६० रुपैयाँ लिने गरेको छ ।
प्राइभेट क्लिनिकमा ४ बजेपछि आउने बिरामीको हकमा भने एक हजार दुई सय रुपैयाँ लिने गरेको छ। डेगो परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेता पनि परिक्षण गर्दा महगो शुल्क तिर्नु पर्ने बाध्यता छ ।
निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिँदा बिरामी भने मर्कामा परेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...